खतिवडालाई अमेरिकका लागि राजदूतमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
असोज १५, काठमाण्डौ
सरकारले डा.युवराज खतिवडा अमेरिकाका लागि राजदूत सिफारिस गरेको छ । आज बसको मन्त्रिपरिषद्को बैठकले खतिवडालाई अमेरिकका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको कृषिमन्त्री घनश्याम भुषालले जानकारी दिए । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई आर्थिक सल्लाहकारको रुपमा नियुक्त गरेको थिए । राष्टियसभाको मनोनित सदस्यबाट अर्थ मन्त्रालयको कार्यकाल सकिए लगत्तै मन्त्रीको सेवा सो सरह सुविधासहितको अर्थ सल्लाहकार नियुक्त गरेका थिए ।
प्रधानमन्त्री ओलीले खतिवडालाई नै राष्ट्रिय सभामा निरन्तरता दिएर अर्थ मन्त्रालयको जिम्मेवारी दिइरहन चाहेका थिए । तर, उपाध्यक्ष वामदेव गौतमले राष्टियसभाको मनोनित सदस्यको रुपमा जाने अडान लिएपछि ओली पछि हटेका थिए । प्रधानमन्त्री ओलीलाई पार्टीभित्रको विवादको क्रममा उपाध्यक्ष गौतमले साथ दिइरहेको हुनाले खतिवडालाई दोहोर्याउने अडानबाट पछि हटेका थिए ।
थाहा खबरबाट साभार