बझाङ भुकम्प: १ जना बेपत्ता,१३ जना घाइते , २ जनालाई रेफर
बझाङमा गएको भुकम्पमा पनि १ जना बेपत्ता भएका छन् । लेकमा १ जना बेपत्ता भएको खबर आएको र त्यस बिसय जानकारी लिइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।
भुकम्पमा परि १३ जना घाइते भएका छन् । ती मध्य २ जनालाई थप उपचारको लागी धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक भरत शाहले जानकारी दिए ।
मंगलबार बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पले बिभिन्न जिल्लामा क्षति पुराएको छ । अहिले सम्म मानवीय क्षति भएको विवरण नआएको भएपनि बझाङ सहितका केही जिल्लामा भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।
आज दिउसो ३ बजेर ६ मिनेट जाँदा बझाङको तालकोट केन्द्रबिन्दु भएर भूकम्प थियो । भूकम्प मापन केन्द्रका अनुसार ६.३ म्याग्निच्यूटको भूकम्प गएको थियो ।
भुकम्पका कारण यहाका दर्जनौं घरहरु भत्किएका छन् । बिधालय र पुराना सरकारी कार्यालयमा पनि क्षती पुगेको छ।