Before Header
After Navigation

दिर्घराज उपाध्यायलाई उत्कृष्ट पत्रकारको अवार्ड

Sagan sahari bhawan nirman aayojana

नेपाल तथा रोजगार व्यवसायी महासंघले तालिम, रोजगार तथा उद्यमशिलताको विकास तथा प्रबद्र्धनका लागि पत्रकारिताका माध्यमबाट महत्वपूर्ण भूमिका निर्बाह गरे वाफत पश्चिम टुडेका प्रधान सम्पादक दीर्घराज उपाध्यायलाई उत्कृष्ट पत्रकार अवार्ड प्रदान गरेको छ ।
महासंघको नवौँ स्थापना दिवस तथा राष्ट्रिय तालिम तथा रोजगार दिवस २०८० का अवसरमा बिहीवार काठमाण्डौंमा आयोजित कार्यक्रममा उपाध्यायलाई उत्कृष्ट पत्रकार अवार्ड प्रदान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि अर्थ मन्त्री डा। प्रकाश शरण महतले उपाध्यायलाई महासंघका तर्फबाट कदर पत्र सहित अवार्ड प्रदान गरे ।
उपाध्यायले बिभिन्न व्यवसायीयक सीप मूलक तालिमपछि स्वरोजगार तथा उद्यमशिलता सक्रिय दुई सयभन्दा बढि व्यक्तिहरुको सफलताको कथा लेखेका छन् । त्यसका साथै हरेक शनिवार बिहान रेडियो पश्चिम टुडे ८८.८ मेगाहर्जमा सफल व्यवसायीहरुसंग रेडियो बहस समेत चलाउदै आएका छन् ।

Shaileshwori
Loading...