

असोज २०, डोटी
नेकपा (एकीकृत समाजवादी) पार्टीले डोटी जिल्ला अध्यक्ष दिर्घराज बोगटीलाई पदमुक्त गरेको छ । पार्टीका जिल्ला इन्चार्ज पूर्णा जोशीले शनिवार एक विज्ञप्ति जारी गरी अध्यक्ष बोगटीलाई पद मुक्त गरिएको बताइन् ।
बोगटी पार्टीलाई विधि, पद्धति बमोजिम सञ्चालन गर्न तथा पार्टीका निर्णय कार्यान्वयन गर्न उदासीन र गैर जिम्मेवार भएकाले पदमुक्त गरिएको बताइएको छ । अध्यक्ष पदमुक्त भएसँगै पार्टीका जिल्ला उपाध्यक्ष शिवराज खड्कालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ ।

