Before Header
After Navigation

डोटीमा किन खुलेन सहुलियत पसल ?

Sagan sahari bhawan nirman aayojana

दशैँ र तिहारलाई मध्यनगर गर्र्दै सञ्चालन हुने सुफत मूल्यको पसल डोटीमा सञ्चालन नहुने भएको छ । नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेडले डोटी र बैतडी जिल्ला बाहेका सात जिल्लामा चाड पर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
आइतबार देखि मंसिर ३ गतेसम्म सञ्चालन गर्ने गरी सुदूरपश्चिमका ७ जिल्लामा मुल्य सूची सहित पसल सञ्चालनमा आइसके पनि डोटीमा भने सञ्चालन नहुने भएको छ । यो वर्ष सहुलियत मूल्यको चामल बैतडी र डोटी पाउने छैनन् ।
बैतडी र डोटी जिल्ला रहेका डिपो र कार्यालयमा कर्मचारी नहुँदा कम्पनीले चामल बिक्री गर्न सुपथ मूल्य पसल चलाउन नसकेको नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेड धनगढीका कार्यालय प्रमुख इन्जिला बस्नेतले बताए ।
पसल सञ्चालन भएको ठाउँमा सुपथ मूल्य पसलबाट उपभोक्ताले प्रति कीलोग्राम चामलमा ७ रुपैयाँ छुट पाउने खाद्य तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीकी कार्यालय प्रमुख इन्जिला बस्नेतले बताइन्। ‘खाद्य तथा व्यापार कम्पनीले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ,’ उनले भने, ‘कम्पनीले बडादसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर सुपथ मूल्य पसल मंसिर ३ गतेसम्म सञ्चालन गर्नेछ।’ खाद्य तथा व्यापार कम्पनी मार्फत सरकारले यो वर्ष दुई किसिमको चामल सहुलियत मूल्यमा बिक्रीमा राखेको छ ।
कम्पनीले अरुवा मोटा चामल प्रति किलोग्राम ४६ रुपैयाँमा बिक्री गर्ने छ। जबकी मोटा चामलको बजार मूल्य ५३ रुपैयाँ प्रति किलोग्राम छ। त्यस्तै, स्टिम जिरा मसिनो चामलको बजार मूल्य ९० रुपैयाँ प्रति किलोग्राम रहेकोमा खाद्य कम्पनीले ८३ रुपैयाँ प्रति किलोग्राम मूल्य तोकेको छ ।
खाद्य तथा व्यापार कम्पनीले सुदूरपश्चिममा सहुलियत मूल्यमा पाँच हजार क्वीन्टल चामल बिक्री गर्न नेपाल सरकारबाट अनुदान पाएको छ। कम्पनीले अरुवा मोटा चामल दुई हजार क्वीन्टल र स्टिम जिरा मसिनो चामल तीन हजार क्वीन्टल बिक्री गर्नेछ ।

Shaileshwori
Loading...