डोटी कांग्रेसमा महासमिति निर्वाचन : पुर्ब मन्त्री, सांसद नै पराजित

नेपाली काँग्रेस डोटीबाट महासमितिमा प्रतिनिधिका लागी भएको निर्वाचनमा पूर्व मन्त्री, सांसद र संविधान सभा सदस्यहरू पराजित भएका छन् ।  नेपाली काँग्रेस डोटीको महासमिति सदस्यका लागि बिहीबार सम्पन्न निर्वाचनमा आएको परिणाम अनुसार सक्तीमा रहेका नेताहरू नै पराजित भएका हुन् ।
खस आर्य तर्फका उम्मेदवार रहेका राज्यमन्त्री भक्तबहादुर बलायर (३२०), खुला तर्फ संविधान सभा हुँदै प्रदेश सभा सांसद भएका भरतबहादुर खड्का (३०४),  दलित तर्फ उम्मेदवार रहेका दुई पटक संविधान सभा सदस्य रहनु भएकी कल्पना सोव(१७२), खुला तर्फ उम्मेदवार रहेका अन्तिम सांसद यज्ञराज पाठक (१७५) र पुर्विचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्याय (३०९) मत प्राप्त गरे पनि महासमिति सदस्यमा निर्वाचित हुन सकेनन् ।
Sayalb
११ पदका लागि २४ जना चुनावी मैदानमा उत्रेका थिए । सबै भन्दा बढी मतका साथ लालबहादुर बिक निर्वाचित भएका छन् बिकले ५ सय ६२ मत प्राप्त गरेका छन् ।  त्यसपछि  सबैभन्दा बढी मतका साथ जीत बहादुर खड्का विजयी भएका छन् । उनले ५ सय ५ मत ल्याए । त्यस्तै ४ सय ६३ मतका साथ सीताराम जोशी, लोकेन्द्र बहादुर शाही ४ सय पुष्प कुमार शाहीले ३ सय १३, पदमराज जोशीले ३ सय ११ मत ल्याएर विजयी भएका छन् ।  त्यस्तै महिला तर्फ धौली देवी  रावल र प्रसिस महरा विजयी भएकी छन् । रावलले ५ सय ३ सय मत ल्याएकी छन् भने महराले ३ सय ८८ ल्याएर विजयी भएकी हुन् । पार्वती चन्दले भने ३ सय ३३ मत मात्र ल्याएकी थिइन् । खस आर्य तर्फ मिनादेवी विष्ट विजयी भएकी छन् । विष्टले ५ सय ४१ मत ल्याएकी थिइन् । हुनीसँग प्रतिस्पर्धामा उत्रेकी हरिमाया भट्टले १ सय ५६ मत ल्याएकी थिइन् ।  खस आर्य पुरुष तर्फ ४ जना विच भएको सोपान सिंह बोहराले ४ सय १७ र लक्ष्मण बहादुर सिंहले ३ सय ८८ मत ल्याएर बिजय भएका छन् ।

Shaileshwori
Loading...