बलत्कारको आरोपमा सशस्त्र प्रहरीका दुई जवान पक्राउ
बलत्कारको आरोप लागेका सशस्त्र प्रहरीका दुई जना जवान पक्राउ परेका छन । कैलाली जिल्लामा रहेको सशस्त्र बल नेपाल बिओपी श्रीलंकामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी जवान जीवन दर्लामी र अर्जुन सुनारलाई ईलाका प्रहरी कार्यालय राजापुरले बिहीबार पक्राउ गरेको हो । बर्दीया जिल्लाकी १९ वर्षीया किशोरीमाथि बलत्कार र १४ वर्षीया उनकी बहिनीलाई जबरजस्ती करणी गरेको उद्योगकोे आरोपमा उनिहरुलाई प्रकाउ गरीएको ईलाका प्रहरी कार्यालय राजापुरले जानकारी दिएको छ ।
दर्लामीमाथि जबरजस्ती करणी र सुनारमाथि जबरजस्ती करणी गरेको उद्योगको आरोप लागेको हो । सशस्त्र प्रहरी जवानहरुलाई साँझ परेकाले जंगल कटाइदिन आग्रह गरेपछि उनीहरुले फत्तेपुरको नर्सरी जंगलमा बलात्कार र यौन दुव्र्यवहार गरेको जाहेरी परेको छ ।