Before Header
After Navigation

डोटी जिप दुर्घटना अपडेट : ६ जना घाइते, एक जना रिफर 

कात्तिक ०३, डोटी 
डोटीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । शुक्रवार दिउँसो साढे १ बजेतिर सायल गाउँपालिकाबाट सिलगढी आउँदै गरेको रा १ ज ९१५ नम्बरको बोलेरो जिप सिलगढी नजिक पानिखाल स्थित दुर्घटना भएको हो ।
Sagan sahari bhawan nirman aayojana
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सडक घुम्ती (मोड)मा जिप पल्टिँदा सवार १२ जनामा ६ जना घाइते भएका हुन् । घाइते हुनेमा सायल गाउँपालिका-३ का ५० वर्षीय भारमल खाती, ४५ वर्षीय माने खाती, ३० वर्षीय अमृत खाती, ३२ वर्षीय गम्भीरे खाती, पुर्विचौकी गाउँपालिका-२ का २४ वर्षीय दीपक ठकुल्ला र बाबा आनन्द गिरी रहेका छन् ।
बिरामीको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । घाइते गम्भीरे खातीलाई थप उपचारका लागि जिल्ला बाहिर रेफर गर्ने तयारी भइरहेको जिल्ला अस्पताल डोटीका डाक्टर समिक सिंहले जानकारी दिए । चालक प्रेम बिष्ट फरार रहेको प्रहरीले बताएको छ ।
Shaileshwori
Loading...