
कात्तिक ०४, बाजुरा । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिवार दिउँसो सुदूरपश्चिम प्रदेश ०१००२ त ६८२६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बडीमालिका नगरपालिका–६ कोर्धका अन्दाजी ३५ वर्षीय बहादुर दानीको मृत्यु भएको छ ।
साँफे मार्तडी राजमार्ग अन्तर्गत जिल्लाको बडीमालिका नगरपालिका–६ मा पर्ने जडाङ्गा नजिकै भएको ट्याक्टर दुर्घटनामा परि दानीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । एमके कन्स्ट्रक्सन कम्पनीमा कार्यरत कर्मचारी दानीले ट्याक्टर आफै चलाएका थिए ।

ट्याक्टर सडकबाट २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक कविन्द्र सिं बोहराले बताए ।

