एक मिनेटमा सकियो समन्वय समिति डोटीको पत्रकार सम्मेलन

Sagan sahari bhawan nirman aayojana

जिल्ला समन्वय समिति डोटीको पत्रकार सम्मेलन एक मिनेटमा सकिएको छ ।
बार्षिक समिक्षा तथा चौथो जिल्ला सभाका निर्णय सार्बजनिक गर्नका लागी आयोजना गरिएको पत्रकार सम्मेलन एक मिनेटमा सकिएको छ ।
हलमा उपस्थित पत्रकारका हातमा जिल्ला सभामा गरिएको निर्णय हस्तान्तरण गर्दै जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले पत्रकार सम्मेलन सकिएको जानकारी दिए ।
बिहान ११ बजेदेखी प्रांगडमा कुरीरहेका पत्रकार समेत हल भित्र प्रबेश गर्न नपाउँदै पत्रकार सम्मेलन सकि सकेको थियो ।
यसरी पनि पत्रकार सम्मेलन हुन्छ र भन्ने प्रश्नमा समन्वय प्रमुख ऐरले प्रती प्रश्न गरे के हुन पर्थो र के भएन ?
एक मिनेटमा सकिएको पत्रकार सम्मेलन देखेर पत्रकार नै चकित भएका थिए ।
बिहिबार र शुक्रबार दुई दिन संचालन भएको जिल्ला सभाको निर्णय सार्बजनिक गर्नका लागी पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

Shaileshwori
Loading...