
कात्तिक १०, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १६ हजार रुपैयाँ कायम भएको छ । दसैँ अघिको अन्तिम कारोबार (३ कात्तिक) का दिन छापावाल सुनको प्रतितोला मूल्य १ लाख १५ हजार ५०० रुपैयाँ थियो । दसैँपछि सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले महँगिएर नयाँ रेकर्ड बनाएको हो ।
शुक्रबार तेजाबी सुनको प्रतितोला मूल्य १ लाख १५ हजार ४५० रुपैयाँ तोकिएको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । दशैअघिको अन्तिम कारोबार (३ कात्तिक)का दिन चाँदीको प्रतितोला मूल्य १ हजार ४ सय रुपैयाँ थियो । आज पनि सोही मूल्यमा चाँदीको कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

