कैलालीमा छोराले ढुङ्गा प्रहार गर्दा बुवाको मृत्यु

कात्तिक १२, कैलाली । कैलालीमा आफ्नै बुवाको हत्या अभियोगमा एक युवा पक्राउ परेका छन् । प्रहरीले  जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ३ लाइकपुरका २४ वर्षीय गणेश चौधरीलाई आफ्नै ४५ वर्षीय बुवा हिरासिंह चौधरीको हत्या गरेको अभियोगमा पक्राउ गरेको छ ।
Sayalb
आफ्नै घरको आँगनमा घरायसी विवादको क्रममा ढुङ्गाले प्रहार गर्दा हिरा सिंहको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले गणेशलाई शनिवार राति पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।
Shaileshwori
Loading...