“यात्रा” को तयारीका लागि एमालेको टोली डोटी पुग्यो

Sayalb

रामहरि ओझा
नेकपा एमालेले सञ्चालन गर्ने मध्य पहाडी लोक मार्ग (पुष्पलाल लोक मार्ग) अभियानको लागि मार्ग पहिचान गर्ने क्रममा पार्टी उपमहासचिव विष्णु रिमालको टोली शुक्रवार डोटी पुगेको छ ।
“सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय” भन्ने नाराका साथ मङ्सिर मा सञ्चालन हुने अभियानको योजना बनाउने उद्देश्यले बैतडी, डडेल्धुरा हुँदै डोटी पुगेको उपमहासचिव रिमालले बताए । नेपाल-भारतको पश्चिमी सिमाना बैतडी झुलाघाटदेखि पूर्वी सिमाना पाँचथरको चियो भन्ज्याङसम्म सञ्चालन हुने “यात्रा” अभियानले २६ वटा जिल्ला छुने बताए ।
“स्थानीय अवस्था अनुसार कहिलेदेखि अभियान सुरु गर्न उपयुक्त हुन्छ, कुन बाटो जानु पर्छ भन्ने सम्भावना अध्ययन गर्दैछौं” उपमहासचिव रिमालले भने “अभियानका क्रममा टोली बस्ने ठाउँ, सभा, अवलोकन गर्ने ठाउँ आदिको विषयमा जिल्लाका नेता कार्यकर्ताहरुसंग छलफल गरेका छौँ ।”
अभियान अन्तर्गत जनतासँग टुटेको सम्बन्ध जोड्ने र पार्टी केन्द्रको नेतृत्वलाई स्थानीय तहमा चिनाउने उनले बताए ।
“पार्टी स्थापना भएको ७५ वर्ष पुरा भएको छ” रिमालले भने “यसबिचमा पार्टीले गरेका कामहरू जनतामाझ राख्नेछौँ ।”
टोलीले जिल्ला सदरमुकाममा उपलब्ध नेता कार्यकर्ताहरुसंग आवश्यक छलफल गरेको एमाले डोटीका अध्यक्ष चक्रबहादुर मल्लले जानकारी दिए ।

Shaileshwori
Loading...