Before Header
After Navigation

प्रधानमन्त्री प्रचण्ड स्वास्थ्यकर्मीको टोलीसहित भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्तान

१८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्तान भएका छन् ।  खोज, उद्धार र उपचार व्यवस्थाका लागि प्रधानमन्त्री प्रचण्ड सहितको टोली प्रभावित क्षेत्रमा गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । प्रधानमन्त्री स्वास्थ्यकर्मीको टोलीसहित प्रभावित क्षेत्रमा गएका हुन् । ।  प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि खटिन सबैलाई अपिलसमेत गरेका छन् ।
Sagan sahari bhawan nirman aayojana
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार राति ११.४७ बजे ६ दशमलव ४ म्याग्नेच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले त्यस क्षेत्रमा ठुलो क्षति पुर्‍याएको छ । अहिले सम्म जाजरकोट र रुकुमपश्चिम जिल्लामा मात्रै एक सय २२ जनाको मृत्यु भएको छ, सयौँ जना घाइते भएका छन् ।
उद्धारका लागि सुर्खेतबाट तीन वटा हेलिकोप्टर परिचालन गर्ने तयारी गरिएको छ ।
Shaileshwori
Loading...