डोटीको बडिकेदार धाममा कार्तिक २५ गते शिव लिङ्ग यात्रा हुने 

एकेन्द्र चन्द  
कार्तिक १९, डोटी ।
सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल बडिकेदार धाममा शिव लिङ्ग यात्रा हुने भएको छ । कार्तिक २५ गते बडिकेदार गाउँपालिका वडा नम्बर ५ अत्तरकाडा देखि बडिकेदार धाम सम्म १०८ शिबलिङ्ग स्थापनार्थ शिव लिङ्ग यात्रा हुने भएको छ । गोवर्द्धन पूजाको दिन बडिकेदार धाममा १०८ शिबलिङ्ग स्थापना गरिने बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दीपेन्द्र राज सिराडीले बताएको छन् ।
Sayalb
यसअघि बडिकेदार धामको विकास तथा प्रचारप्रसार गर्ने उद्देश्यले बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत सिराडीले १०८ शिव लिङ्ग सहितको स्वस्तिक निर्माण गर्न अभियान चलाएका थिए । जुन अभियान सफलता नजिक पुगेको सिराडीको भनाई छ । अधिकृत सिराडीले अभियानमा जोडिएका १०८ जनालाई धन्यवाद ज्ञापन गर्दै यस अभियानको शिव लिङ्ग यात्रामा सरिक भइदिन बडिकेदार प्रति आस्थावानलाइ आग्रह गरेका छन् ।
यसपालि मङ्सिर ८, ९ र १० गते बडिकेदार धाममा बृहत् मेला लाग्ने  भएको छ । बडिकेदार धाममा मेला भर्न नेपालका विभिन्न क्षेत्र लगायत भारत र अन्य मुलुकबाट समेत भक्तजन तथा पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ ।
Shaileshwori
Loading...