ईडिसीद्धारा जिल्ला स्वास्थ्य कार्यालय डोटीलाई ५ सय ४३ सेट पिपिई सहयोग

तेजु ओली,  डोटी
सम विकास केन्द्र (ईडिसी) डोटीले विश्वभर फैलिएको कोरोना संक्रमण रोकथामका लागी स्वास्थ्य सुरक्षाका सामग्री बितरण गरिएको छ । आज (शुक्रबार) जिल्ला समन्वय समिति डोटीको सभाहलमा आयोजित कार्यक्रममा स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीलाई सामाग्री वितरण गरेको हो । जिल्लाका ९ ओटै स्थानिय तहका स्वास्थ्य एकाइ प्रमुख तथा स्वास्थ्यकर्र्मीलाई राहातहोस भन्ने हेतुले र अग्रपंक्तिमा खटिरहेने ब्याक्तिलाई सहज होस भनेर बितरण गरेको अध्यक्ष अधिराज बिसिले बताउनुभयो ।

Sayalb

जम्मा ५ सय ४३ वटा पर्सनल प्रोटेक्टीभ ईकुमेन्ट (पिपिई) सेट उपलब्ध भएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिनुभयो । सेटमा क्याप, गमबुट, चस्मा,मास्क,ग्लब्स लगाएतका समाग्री हुने संस्थाले जानकारी दिएको छ । कोरोना महामारीको समयमा यो भन्दा अघाडी पनि सम विकास केन्द्र नेपालले विभिन्न परियोजना अन्तरगत जिल्लाका विभिन्न स्थानीय तहहरुमा स्वास्थ्य सामाग्री सहयोग गरिसकेको छ ।

Shaileshwori
Loading...