माओवादी केन्द्रले जनतासँग विशेष रूपान्तरण अभियान अन्तर्गत काठमाडौँ महानगरपालिका–९ मा भएको वडा कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५० जना प्रवेश गरेका छन् ।
नवप्रवेशीहरूलाई बागमती प्रदेश इन्चार्ज तथा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अबिर र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । अभियान अन्तर्गत वडा भेला सम्पन्न भएको छ ।
भदौ १६ गतेबाट सुरु भएको अभियानलाई सफल बनाउन माओवादीका नेता तथा कार्यकर्ताहरू देशभर वडामा केन्द्रित भएका छन् ।