दशैं–तिहारको अवधिमा सवारी दुर्घटनामा परेर सुदूरपश्चिममा २६ जनाको मृत्यु

सुदूरपश्चिममा दशैं–तिहारको समयमा ३७ सवारी दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ । गएको असोज २८ गतेदेखि कार्तिक ३० गते सम्म भएका सवारी दुर्घटनामा ६३ जना घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नेत्रमणी गिरीले बताए ।

दशैंको समयमा भन्दा तिहारको समयमा बढी दुर्घटना भएको प्रहरीको तथ्यांकले देखाएको छ । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म भएका दुर्घटनामा ९ जनाको मृत्यु र ११ जना घाइते भएकोमा दशैंपछि तिहारसम्म भएका दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । यस्तै सोही अवधिमा ५२ जना घाइते भएका छन् ।

Sayalb

दशैं–तिहारको समयमा सवारी दुर्घटना न्यूनीकरणका लागि चालकसंग एक मिनेट कार्यक्रम सञ्चालनमा गरेको र यसले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको प्रहरी उपरीक्षक गिरीले बताए ।

दशैंतिहारलाई मध्यनजर गरेर ट्राफिक प्रहरीले प्रदेशभरी ३९ ठाउँमा हेल्प डेस्क सञ्चालनमा ल्याएको थियो ।

दशैंतिहारको समयमा ६ हजार ६४९ सवारी साधन कारवाहीमा परेका थिए । कारवाहीमा परेका सवारी साधनबाट जरीवाना स्वरुप ४२ लाख ७५ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Shaileshwori
Loading...