प्रसिद्ध बडिकेदारमा ८, ९ र १० गते मेला लाग्दै, १० गते बडिकेदारमा सार्वजनिक बिदा

मंसिर ७, डोटी । डोटीमा रहेको प्रसिद्ध बडिकेदार अर्थात् ठुला केदारमा मङ्सिर ८, ९ र १० गते मेला लाग्ने भएको छ । डोटीको दक्षिणी क्षेत्रमा अवस्थित बडिकेदार धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले नेपालको एक महत्त्वपूर्ण तीर्थस्थलको रूपमा चिनिँदै आएको छ । बडी केदार दर्शन गरेमा मनोकामना पुरा हुने भन्दै दर्शन गर्न भक्तजनहरू आउने गर्दछन् ।
बडिकेदार धाममा तीनचार दिन अगाडी देखि नै विभिन्न आस्थाले श्रद्धालु भक्तजनहरू आई कथा लगाउने, विवाह, व्रतबन्ध तथा मुन्डन गर्ने जस्ता शुभ कार्यहरू गर्ने गर्दछन् । बडिकेदार डोटी जिल्लाको बोगटान फुड्सिल तथा बडिकेदार गाउँपालिकाको सङ्गम स्थलका रूपमा रहेको छ । समुद्री सतहदेखि २ हजार ८ सय मिटरको उचाइमा रहेको यस क्षेत्रमा तराईको थारु समुदाय तथा भारतका विभिन्न ठाउँका भक्तजनको समेत उल्लेख्य सहभागिता रहने गर्दछ ।
Sayalb
गाउँपालिकाद्वारा सार्वजनिक बिदा
डोटीको बडिकेदार गाउँपालिकाले मङ्सिर १० गते सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले प्रसिद्ध बडिकेदार धाममा लाग्ने मेलाको अवसरमा १० गते बिदा दिइएको हो । गाउँपालिकाले एक सूचना जारी गर्दै एक दिन सार्वजनिक बिदा दिइएको जनाएको छ ।
 
Shaileshwori
Loading...