बडीकेदार गाउँपालिका एक साताका लागि बन्द


गणेश मौनी, डोटी
डोटीको बडीकेदार गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भाईरसको संक्रमण पुष्ठी भएसंगै कार्यालको सम्पूर्ण काम काज एक साताका लागि बन्द गरिएको छ । गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना भाईरसको संक्रमण पुष्ठी भएसंगै उच्च सर्तकता अपनाउदै एक साताका लागि बन्द गर्ने निर्णय गरिएको निमित्त प्रमुख प्रशासनकीय अधिकृत खडक बहादुर धामीले बताए ।
असोज ११ र १२ गते संकास्पद ४० जनाको पिसीआर परिक्षणको लागि थ्रोव श्वाब संकलन गरि सेति प्रादेशीक ल्यापमा पठाएकोमा बिहीबार प्राप्त नतिजा अनुसार गाउँपालिकामा कार्यरत कर्मचारी सहित ३ जना एक जना बोगटान गाउँपालिकाका स्थानीय बासिन्दा सहित चार जनामा कोरोना संक्रमण पुष्ठी भएको निमित्त प्रशासकीय अधिकृत धामीले बताए ।
गाउँपालिकाले शुक्रबार सुचना जारी गर्दै गाउँपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवा तथा कार्यक्रमहरु अर्को सुचना जारी नहुदा सम्म ७ दिनका लागि बन्द गरिएको जानकारी दिएको छ । गाउँपालिकामा कार्यरत कर्मचारीमा नै कोरोना भाईरस संक्रमणको पुष्ठी भएपछी पीसीआर परिक्षण गर्न बाकी सबै कर्मचारीहरुको पीसीआर परिक्षण गरिने समेत धामीले बताए । बिहीबार देखिएका तिन जना संगै गाउँपालिमा हाल सम्म संक्रमणको संख्या १६ जना मात्र रहेको छ । अरु १३ जना उपचार पश्चात घर फर्किसकेका छन भने ३ जनालाई मात्र आईसोलेशनमा राखीएको छ ।
