एमालेको झुलाघाट-चिवाभञ्ज्याङ्ग यात्रा, यसरी सिंगारिदैछ डोटीको टुँडीखेल (फोटो फिचर)

रामहरि ओझा
१४ मंसिर, डोटी
बिहिवारदेखि सुरु भएको नेकपा एमालेको झुलाघाट–चिवा भन्ज्याङ्ग मध्यपहाडी लोकमार्गको यात्रा शुक्रवार डोटी पुग्ने भएको छ । अभियान अन्तरगत डोटीमा हुने जनसभाका लागि एमाले कार्यकर्ताहरुले स्थानीय टुँडीलेखलाई सिंगारिरहेका छन् ।

“सम्वन्ध स्थानीय, सन्देश राष्ट्रिय” भन्ने मुल नाराका साथ बिहिवार बिहान ८ बजे बैतडीको झुलाघाटमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको उद्घाटन गरेका छन् । अभियान अन्तरगत बिहिवारै बैतडी जिल्ला सदरमुकाम गोठलापानीमा जनसभा भएको छ । अभियानको क्रममा शुक्रवार सिलगढीको टुँडीलेखमा बिशाल जनसभा आयोजना हुने र सो सभालाई पार्टी अध्यक्ष पूर्व प्रधानमन्त्री ओलीले सम्वोदन गर्ने एमाले डोटीका अध्यक्ष चक्रवहादुर मल्लले जानकारी दिए ।

Sayalb

‘हामी बिहान डोटी र डडेल्धुराको सिमाना कोरालखोलामा अभियान टोलीलाई लिन जानेछौं, गोपघाटमा टोलीको स्वागत गर्ने कार्यक्रम छ’ अध्यक्ष मल्लले भने ‘त्यसपछि जिल्लाको मुख्य व्यापारिक केन्द्र दिपायलमा भेटघाट र छलफल हुनेछ ।’ दिउसो सिलगढीको टुँडीखेलामा जनसभा हुने मल्लले वताए । उनले जनसभाका लागि मञ्च व्यवस्थापनको कार्य भईरहेको वताए । अभियान टोली शुक्रवार डोटीमै बस्ने र शनिवार बिहानै अछामतर्फ प्रस्तान गर्ने वताईएको छ ।

Shaileshwori
Loading...