स्वर्गीय कठायतको परिवारलाई ८९ हजार आर्थिक सहयोग 

राज पार्की, 
मङ्सिर १६, डोटी
दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ का स्वर्गीय कपिल कठायतको घरपरिवारलाई आर्थिक सहयोग गरिएको छ । सवारी दुर्घटनामा परि ज्यान गुमाएका स्वर्गीय कठायतका बुवा आमालाई रु. ८९ हजार ३ सय ३९ सहयोग हस्तान्तरण गरिएको छ ।
Sagan sahari bhawan nirman aayojana
२०८० साउन १४ गते कैलालीको चौकिडाडामा कर्तव्यपालनको सिलसिलामा सवारी दुर्घटनामा परि ज्यान गुमाएका कठायत प्रहरी थिए । स्वर्गीय कठायतको घरपरिवारलाई उनीसँगै २०७४ मङ्सिर ०४ गते नेपाल प्रहरीमा भर्ना व्याजीले रकम उठाएर सहयोग गरेका हुन् ।
कठायतको परिवारलाई जागिरे वर्षगाँठको उपलक्ष्यमा सहयोगार्थ उक्त रकम हस्तान्तरण गरेको प्रहरी जवान जयन्त भाटले जानकारी दिए । स्वर्गीय कठायतमा आमा बुबा र दुई वटा छोराछोरी छन् ।
Shaileshwori
Loading...