सिमचौरका दश जनालाई मौरी सहितको आधुनिक घार वितरण

मङ्सिर १७, डोटी ।
डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ सिमचौरका दश जनालाई मौरी वितरण गरिएको छ । आइतबार ग्रामीण समुदाय विकास केन्द्र (आरसीडिसी) को सहयोगमा घरेलु तथा साना उद्योग कार्यालय डोटीले मौरी सहितको आधुनिक घार वितरण गरेको हो ।

वडा अध्यक्ष खेम घर्ती मगरका अनुसार प्रति व्यक्ति ३ का दरले सिमचौरका १० जनालाई करिब साढे ३ लाख रुपैयाँ बराबरका ३० ओटा मौरी घार वितरण गरिएको हो । मौरी घार पाएका कृषकहरूलाई ७ दिन मौरी पालन तालिम दिइने र जसको लागि कञ्चनपुरबाट प्रशिक्षकको रूपमा पदम गिरिलाई ल्याइएको अध्यक्ष मगरले बताए । तालिम मङ्सिर २३ गते सकिने छ ।

Sagan sahari bhawan nirman aayojana

गाउँपालिकाको मौरी पकेट क्षेत्रका रूपमा रहेको सिमचौरका कृषकहरूलाई व्यावसायिक बनाउने उद्देश्यले मौरी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले बताए । उनले भने, यहाँका केही कृषकले वर्षमा मह बेचेर एक लाख सम्म आम्दानी गरिरहेका छन्, यहाँ परम्परागत रूपमा मौरी पालन हुँदै आएकोमा अब आधुनिक मौरी पालन प्रणाली अपनाइने छ । अध्यक्ष गडसिलाले मौरी वितरण गर्ने आरसिडिसी र घरेलु तथा साना उद्योग डोटीलाई धन्यावाद दिएका छन् ।

आधुनिक घार सहित मौरी पाएपछि किसान खुसी भएका छन् ।

Shaileshwori
Loading...