
मङ्सिर २८, डोटी
जन्म दिनको अवसर पारि जिल्ला अस्पताल व्यवस्थापन समिति डोटीका अध्यक्ष धन बहादुर नेपालीले बिरामीलाई फलफूल वितरण गरेका छन् । जिल्ला अस्पतालमा बेड भर्ना भएका बिरामीलाई बिहीबार परेको जन्म दिनको अवसरमा अध्यक्ष धन बहादुर नेपालीले फलफूल वितरण गरेका हुन् ।

रमाइलो गरेर फजुल खर्च गर्नु भन्दा मानव सेवामा सकेको सहयोग गर्नु पर्छ भन्ने सन्देशसहित फलफूल वितरण गरेको अध्यक्षले बताए । जिल्ला अस्पतालमा फलफूल वितरण गर्दै उनले उपचाररत बिरामीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

