निंगालो र बाँसका सामाग्रीको कारोवार बढ्यो

तेजु ओली
डोटी जिल्लामा निंगालो तथा बाँसका समाग्रीको खरिद बिक्रीमा बृद्धी भएको छ ।
अन्न भण्डारणका लागी प्रयोग गरिने निङ्गलो तथा बाँसबाट बनेका विभिन्न सामाग्री किनमेल हुन थालेका हुन । दलित समुदायले परम्परागत शिपको रुपमा रहेको उक्त ब्यबसायलाई दलित परिवारले निरन्तरता दिएका छन ।
कुनै कुनै स्थानमा बाँसका सामाग्रीहरु बनाईने भए पनि बाँस भन्दा निङ्गलो बाट बनेका सामाग्री बढी टिकाउ हुने भएकाले यहाका स्थानियहरुले अन्न भण्डारका लागी निङ्गालोका सामाग्री बनाई विभिन्न गाउ ठाउमा पुगी बेच्ने गरेका छन । मध्य तथा उच्च पहाडी घना जंगलमा पाईने निङ्गलो काटेर ल्याई सके पछि यँहाका केही दलित समुदायले निङ्गलो बाट मुख्य बाली धान, गहु, कोदो भण्डारण गर्न प्रयोग गरिने भकारी (डुरो वा रोण्ङो) बनाउने गर्दछन । पुरानो पुस्ताले आफुमा भएको सिप नया पुस्तामा हस्तान्नतरण हुदै आएको छ । परम्परागत रुपमा नै निङ्गलोका डुरो संगै, डोको, सुप्पो, छापरी लागतयका विभिन्न कृषि औजार उत्पादन गरी बिक्रि वितरण गर्ने गरेका छन । बर्खे अन्न बाली भित्र्याउने यो समयमा प्रायः धान, कोदो भण्डारणका लागी डुरो बिक्रिहुने गर्दछ । एक डुरोमा दुई कुण्टल भन्दा बढी अन्न भण्डारण गर्न सकिन्छ । गाउ गाउ पुगी घरमै गएर दुइ हजार देखि तीन हजार सम्ममा एक डुरो बेच्ने गरेका छौ ।आफुले गरेको मीहीनेत अनुसार को श्रम नपाइने भएको सिप नै लोप हुने हो की भन्ने चिन्तामा रहेको पुर्कीचौकी गाउपालीका वडा नं.२ का स्थानीय खुले नेपालीले बताउनु भयो ।

डुरु बुन्दै बग्लेकका एक स्थानीय

Sayalb

भदौ असोजमा जंगल बाट निङ्गलो काटेर ल्याई सके पछि सामाग्री बनाईन्छन अन्न भण्डारणको समय पनि हुने भएकाले प्रत्येक बर्ष यो समयमा डुरो बनाई बिक्रिका लागी खास गरी जिल्लाका विभिन्न गाउ गाउमा पुग्नु पर्ने बाध्यता रहेको छ । प्रयोगका हीसाबले राम्रो र टीकाउहुने गरेको सिखर नगरपालीकाका स्थानीय मुरली दत भट्ट ले बताउनु भयो उहाले भन्नु भयो पछिल्ला बर्षहरुमा जंगलमा पनि प्रशस्त मात्रामा निङ्गालो नपाउनु तथा बढ्दै गएको बजारीकरणले प्लाष्टिक, जस्ता, स्टिल लगायतका सामाग्री प्रचलनमा आउनाले निङ्गालोका औजार सामाग्री व्यवसायिक बन्न नसकेको स्थानियको बुझाई छ ।
सुदुरपश्चिमका गाउघरमा अहिले पनि अन्न भण्डारण, गाई भैँसी लाई घाँस, स्याउला, सोत्तर, मल ओसर्न, रोटि राख्न, दाल, चामल सार्न, गौ, जौ छान्न लगायतका विभिन्न कामका लागी निंगालोका सामाग्री प्रयोग हुने भएकाले केही मात्रमा परम्परागत शिपले उत्पादन हुदै आएका निंगालोका सामाग्री प्रचलनमा रहेका छन ।
निङ्गालोका सामाग्री व्यवसायिक रुपमा उत्पादन गर्न तथा शिप विकास संगै बजार प्रवद्र्धनका लागी विभिन्न संघ संस्थाले समय समयमा सहयोग गरे पनि त्यो स्थाई रुपमले सञ्चालन हुन सकेको छैन । स्थानीए सरकारले बाँस निङ्गलोका अन्य सामाग्री ¥याक, फोटो फ्रेम, मुर्ति, बेन्च, टेबुल, कुर्सी बनाउन तालिम दिने हो भन व्यवसायिक रुपमा बढाउन सकीन्थ्यो ।

Shaileshwori
Bolpatra
Loading...