राष्ट्रलाई चिनाउन खेल र खेलाडीको ठुलो भूमिका हुन्छ : मुख्यमन्त्री शाह

पुस २२, डोटी ।
राष्ट्रलाई विश्वसामु चिनाउन खेल र खेलाडीको ठुलो भूमिका रहने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन् । डोटीको शिखर नगरपालिकाको पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आइतबार उद्घाटन गर्दै मुख्यमन्त्री शाहले राष्ट्रको पहिचान खेल क्षेत्र पनि एक रहेको बताऐ । खेल जगतले समाज रूपान्तरण र परिवर्तनको आयाममा बल पु¥याउने मुख्यमन्त्री शाहीको भनाई रहेको छ । प्रदेश सरकारले खेलजगतको विकासका लागि विभिन्न कार्यक्रम अगाडी बढाएको उनले बताए ।

Sayalb

‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सुदूरपश्चिमकै नाम राखेर खेल प्रदर्शन गर्नुभएका खेलाडी भाईबहिनीहरुलाई हामीले एक देखि ६ लाखसम्म पुरस्कार दिएका छौँ, मुख्यमन्त्री शाहले भने, यो जिल्ला र नगरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार हुन भन्ने मेरो शुभकामना छ ।’ विभिन्न सीमाका कारण खेल जगतलाई गर्नुपर्ने आवश्यक समर्थन र सहयोग गर्न नसकिएको बताउँदै उहाँले प्रदेश सरकार आगामी दिनमा सबैसँग समन्वय गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाए ।

Shaileshwori
Loading...