
सम विकास केन्द्र नेपालको २६औँ अधिवेशन वाट निर्वाचित कार्य समितिका पदाधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नव निर्वाचित अध्यक्ष केशव परियारलाई संस्थाको निर्वाचन अधिकृत टेक बहादुर नेपाली पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन । नव निर्वाचित पदाधिकारीलाई निर्वाचित प्रमाण पत्र प्रदान गर्नु भएको थियो भने अन्य पदाधिकारी तथा सदस्यलाई नवनिर्वाचित अध्यक्ष परियारले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो । उक्त कार्यक्रममा संस्थापक सदस्य तथा निवर्तमान अध्यक्ष अधिराज वि.सि. लगायत सदस्य तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । समितिका नव निर्वाचित पदाधिकारी उपाध्यक्षमा रश्मि गहतराज, सचिवमा बबि कुमार बिसी, कोषाध्यक्षमा मनोज बागचन र सदस्यहरूमा योगेश मल्ल, यज्ञ पार्की , सरला देवल, मनीषा मिजार र खेम राज शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको हो ।

