बडीकेदार सरकारलाई सफल बनाउन सबैको सहयोग आवश्यक – अध्यक्ष साउँद

बडीकेदार गाउँपालिका सरकारलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँले बताए । नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ बडीकेदार गाउँपालिका स्तरीय भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति समेत रहेका अध्यक्ष साउँदले उक्त कुरा बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका साउँदले बडीकेदार गाउँपालिका भित्रका सबै क्षेत्रको समान रूपमा विकास गर्न लागि परेको बताउँदै सरकारलाई सफल बनाउन सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए । उनले भने बडीकेदार गाउँपालिकामा क्रमिक रूपमा विकास भइरहेको छ, सबै वडाहरूमा सडक सञ्जाल जोडिएको छ, बिधुत बिस्तार हुदैछ, शिक्षा, स्वास्थ्य, पर्यटन,खानेपानी, भौतिक पूर्वाधारमा पनि विकास भइरहेको बताए ।

Sayalb

बडीकेदार गाउँपालिका अन्तरगत पर्ने बडीकेदार धाम (ठुलाकेदार) र कृर्षि क्षेत्र पालिकाको प्रमुख प्राथमिकता रहेको समेत अध्यक्ष साउँदले बताए । बडीकेदार गाउँपालिका भित्र रहेका आदिवासी जनजाति दाजु भाइ दिदी बहिनीहरूले पनि सक्रिय भई विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै नेतृत्व तहमा पुग्न आवश्यक रहेको समेत अध्यक्ष साउँदले बताए । शनिवार बडीकेदार गाउँपालिकाकाको केन्द्र खड्यौलीमा भएको भेलामा नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य एवं बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेल, जिल्ला कार्यसमिति सदस्य कविराम बुढामगर, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घकी जिल्ला सदस्य अम्मीसरा कुमारी पुनमगर,नेपाली काँग्रेस बडीकेदार गाउँपालिका सभापति करुणाकर जोशी, गाउँपालिका सचिव शिद्धराज विष्ट, सबै बडाका वडा सभापति, विभिन्न वडाबाट भेलामा प्रतिनिधिको रूपमा आदिवासी जनजाति महासङ्घ सँग आबद्ध दाजुभाइ दिदीबहीनीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सभापतित्व नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घका क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति टेक सलामीले गरेका थिए । भेलाले खगराज दगालीमगरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

Shaileshwori
Loading...