

गणेश मौनी माघ ७ डोटी
डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ५ मा रहेको अत्तरकाडा बजार स्थानीय बासीले संयुक्त रूपमा शनिवार सरसफाइ गरेका छन् ।
हरेक शनिवार, सफा बार भन्ने मूल मर्मका साथ स्थानीयको सहभागितामा अत्तरकाडा बजार सरसफाइ गरिएको सरसफाइ अभियानका अगुवा बडीकेदार गाउँपालिका ४ रनुकाडाका स्थानीय युवा विशाल ताडीले बताए ।
बडीकेदार गाउँपालिका स्तरीय राष्ट्रिय स्वतन्त्र पार्टीका गाउँपालिका संयोजक तथा रनुकाडा युवा क्लबका अध्यक्ष समेत रहेका ताडीले आम नागरिकमा सकारात्मक सोचको विकास हुनुका साथै समाज परिवर्तनमा हाम्रो भूमिका रहन्छ भन्ने भावनाको विकास हुन आवश्यक रहेको बताए । उनले भने आफ्नो घरआगनको फोहोर आफै सफा गरौँ भन्ने भावना सबैमा हुनुपर्छ। साझा प्रयासमा परिर्वन सम्भव छ ।
स्थानीय युवा ताडीको अगुवाइ तथा स्थानीय बासीको सहभागितामा यो भन्दा पहिले वडा नम्बर ४ मा रहेको स्थानीय काउले बजार र वडा नम्बर २ मा रहेको स्थानीय खड्यौली बजारमा सरसफाइ अभियान सञ्चालन हुनुका साथै फोहोर व्यवस्थापनको लागि डस्बीन समेत उपलब्ध गराएको बताए । सरसफाइ अभियानलाई पालिका स्तरका विभिन्न स्थानहरूमा हरेक शनिवार सञ्चालन गरिने समेत ताडीले बताए ।
