

त्यस्तै उनले प्रदेश राजधानी दिपायल सारेमा सन्तुलित विकास पनि हुने दाबी गरेका छन् । जसबाट पहाडको जनसंख्या तराई सर्ने अवस्था पनि कम हुने उनको भनाइ थियो । उनले दिपायलमा राजधानी सार्नको कारण खुलाउँदै अगाडि थपे, ‘किनकि अहिलेसम्म संघीय सरकारबाट प्रदेश राजधानीका निम्ति एउटा जग्गा प्राप्ति पनि गर्न सकेका छैनौँ। करोडौं रकम मन्त्रालयको मर्मत सम्भारमा खर्च गरिरहेका छौँ । र, त्यो पैसाले हामी प्रदेश सभा र मन्त्रालयका भवन बनाउन सक्थ्यौँ । म आग्रह गर्दछु कि, पुरानो क्षेत्रीय सदरमुकाम रहेको डोटीको दिपायलमा त्यत्रो २ हजार जना अट्ने क्षमताको सेती सभा हल छ । सबै मन्त्रालय अट्ने संरचना बनेका छन् । प्रदेशको प्रतिष्ठान त्यही छ । त्यहाँ राजधानी बनाउँदा के घाटा पर्थ्यो ? प्रदेशवासीको मनोविज्ञान र मनोआकांक्षा बुझेर सुन्तुलित विकासको अवधारणा बुझेर अगाडि बढ्ने हो भने फेरि एक पटक प्रदेश सभामा प्रदेश राजधानीको विषयलाई पुनर्विचार गर्न र सबैलाई पायक पर्ने दिपायल जो छ सन्तुलित विकासको अवधारणा अनुसार अगाडि बढाउनको लागि जोडदार माग गर्दछु ।’ रातोपाटीबाट साभार
