केदारेश्वर विद्यालयको छात्रावास भवनको सामाजिक विकास मन्त्री साउँदद्वारा शिलान्यास

११ माघ, डोटी ।  डोटीको शिखर नगरपालिका–१ मा रहेको केदारेश्वर माद्यामीक विद्यालयको ३० कोठे छात्रावास भवनको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट बहादुर साउँदले शिलान्यास गरेका छन् । बुधवार मन्त्री साउँदले भवनको शिलान्यास सँगै विद्यालयको ६८ औँ वार्षीकउत्सव कार्यक्रमको पनि शुभारम्भ गरेका छन् ।
भवनको शिलान्यासपछि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउँदले चालु वर्ष ५० लाख रुपैयाँ मात्रै विनियोजन भएको छात्रावास भवन निर्माणको कार्य अधुरो बन्न नदिने र मन्त्रालयबाट आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाए । मन्त्री साउँदले मन्त्रालयले आवश्यक बजेटको व्यवस्था गर्ने बताउँदै भवन निर्माणमा लापरबाही नगरी तोकिएको मितिमा काम सक्न निर्माण व्यवसायीलाई आग्रह गरे । कार्यक्रममा विद्यार्थीहरूले विद्यालयमा विज्ञान विषयको पढाई हुने व्यवस्था गरिदिन र खेल मैदानको मन्त्रीसँग माग राखेका थिए । मन्त्री साउँद खेल मैदान, विद्यालयको घेरबारको लागि बजेट विनियोजन गर्ने र विज्ञान विषयको पढाई सुचारु गर्न सहयोग गर्ने बताए ।
Sayalb
कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सभा सांसद शिवसिंह ओलीले वडा अध्यक्ष दीपक बोगटीको कसरतले गर्दा छात्रावास भवनको लागि बजेट छुट्टाउन आफू सफल भएको बताए । सांसद ओलीले विज्ञान विषयको सम्बन्धन लिन आफू विद्यालयसँग जुनसुकै ठाउँमा पनि धाउन तयार रहेको बताएका छन् । उनले त्यसको लागि आवश्यक तयारी गर्न विद्यालयलाई आग्रह गर्दै आफू विज्ञान विषयको सम्बन्धनका लागि पहलकदमी गर्ने प्रतिबद्धता जनाए ।
    
Shaileshwori
Loading...