मेल्लेखकाे लेकाली भेगमा किवी खेती विस्तार गरिँदै

लाल बहादुर चदारा
माघ १७, डोटी 
अछामको मेल्लेख गाउँपालिकाको लेकाली भेगमा किवी खेती बिस्तार गरिँदै छ । किवी खेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउन मेल्लेख गाउँपालिका कृषि विकास शाखाले किवी खेती बिस्तार कार्यक्रमलाई अगाडि बढाउँदै छ ।
Sayalb
फलफूलको राजाको उपनामले परिचित किवी मेल्लेखकाे लेकाली भेगमा राम्रो उत्पादन हुने भएपछि किवी खेती थप विस्तार गरिने भएको छ । बुधवार मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सीँ साउँदको नेतृत्वमा कृषि विकास शाखाका प्राविधिक सहितको टोलीद्वारा कृषकको घरदैलोमा पुगी मेल्लेख गाउँपालिका-३ ठाटीकाे लेकाली भेग र वडा नम्बर ४ को माथिल्लो भू-भाग समेटिने गरी ६२ घर परिवारका कृषकहरूलाई निःशुल्क १४०० बिरुवा किवीका बिरुवा वितरण गरिएको जनाएको छ ।
बिरुवा वितरण गर्न कृषकको घरदैलोमा पुगेका अध्यक्ष साउदले किवी तथा फलफूल खेती मार्फत कृषकलाई आत्मनिर्भर बनाउन मेल्लेख गाउँपालिकाका ठाउँ अनुसार पकेट क्षेत्रकै रूपमा विस्तार गर्ने कार्यक्रम अगाडि बढाइएको बताएका छन् ।
यस्तै मेल्लेख गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नाैले रावलले ठाटिकाे लेकाली भेगमा रहेको बाँझो जमिन प्रयोगमा आउने बताउँदै बिरुवा लगाएर राम्रोसँग संरक्षण गर्नु पर्ने बताएका छन् । यसरी गाउँमै किवी फलको बिरुवा पाएपछि आफू निकै खुसी भएको स्थानीय साबि देवी बुढाले बताइन । किवी वितरण कार्यक्रममा मेल्लेख गाउँपालिका कृषि विकास शाखा अधिकृत मदन साउद कृषि प्राविधिक लोकेन्द्र साउद अमृतकुमार वली लगायतको सहभागिता रहेको तियो ।
Shaileshwori
Loading...