दिपायल बिमानस्थलको क्षेत्र बिस्तार हुन्छ : मन्त्री भट्टराई (भिडियो सहित)

असोज १७ गते
सुदूरपश्चिम प्रदेशकै पुरानो मध्य एक दिपायल बिमानस्थलको क्षेत्र बिस्तार हुने संस्कृत पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले बताएका छन । दिपायल बिमानस्थन सञ्चालनका तयारी उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले उक्त कुरा बताएका हुन । मन्त्री भट्टराईले भने ‘यो बिमानस्थको १२ सय मिटर धावन मार्ग बन्छ, त्यत्ती भएपछी ४५ सिट क्षमताका जहाज सहजै आउन सक्नेछन ।’ मन्त्री भट्टराईले थपे ‘यहाँ तल मुआब्जाको कुरा तपाई गर्नु होस, आबश्यक बजेटको प्रबन्ध हामी गछौँ ।’

Sayalb

पर्यटन मन्त्री याेगश भट्टराई

Posted by Karna Chand on Friday, 2 October 2020

कोभिड–१९ का कारण अन्य बिकासका काम प्रभाबित भएपनी बिमानस्थल बिस्तारको काम प्रभाबित नहुने समेत मन्त्री भट्टराईले बताए । २०२८ सालमा निर्माण सुरु भएको बिमानस्थल २०३० सालबाट सञ्चालन आएको थियो । बिमानस्थल शसस्त्र द्धन्दको समाप्तीसंगै बिमानस्थल बन्द अबस्थामा रहेको थियो । दिपायल बिमानस्थलको कालोपत्रेको काम जनताका बिचमा गरेको प्रतिबद्धता पुरा गरेको प्रतिनिधी सभा सदस्य पे्रमबहादुर आलेमगरले बताए । मगरले भने ‘ मैले यो बिमानस्थल कालोपत्रे हुन्छ भन्दा बिश्वास नगर्नेहरु पनि थिए आज त्यो यर्थातमा पुरा भएको छ । मैले जनताका बिचमा गरेको प्रतिबद्धता पुरा गरेको छु ।’
०७६ असार भित्र काम सक्नेगरी ०७४ सालमा निर्माण सुरु गरेको भएपनी निर्धारित समय भन्दा ढिलोगरी काम सम्पन्न भएको हो । हाल ४९० मिटर धावनमार्ग रहेको दिपायल बिमानस्थल मध्यमस्तर सम्ममा जहाज अवतरण गर्न सक्दैन् । १२ सय मिटर क्षमताको धावनमार्ग निर्माणका लागी हलिखोलासम्मको ७ सय मिटर जग्गाको आबश्यकता पर्नेछ ।
मन्त्री भट्टराईले डोटी, बझाङ र बैतडीमा कालोपत्रे भएका बिमानस्थलको उद्घाटन गरेका हुन ।

Shaileshwori
Bolpatra
Loading...