पद्म पब्लिक विद्यालयको आयोजनामा अन्तर विद्यालय क्रिकेट प्रतियोगिता सुरु

मोर्निङ लाइट र दिल्पेश्वरको विजयी सुरुवात

माघ २६ डोटी
पद्म पब्लिक मुक्तिनारायण माद्यामिक विद्यालयले आफ्नो ७६ औ वार्षिकोत्सवका अवसरमा क्रिकेट प्रतियोगिताको आयोजना गरेको छ । वि.स २००४ सालमा स्थापना भएको विद्यालयले दिपायल सिलगढी नगरपालिकाका विद्यालय सहभागी हुने गरी अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको आयोजना गरेको हो ।
शुक्रबारबाट सिलगढी स्थित टुँडिखेलमा सुरु भएको प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेश सभा सदस्य चक्र मल्लले गरेका छन् । प्रतियोगितामा दस विद्यालयका ११ टिम सहभागी छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह (ए) ६ टिम र समूह (बि) मा ५ टिम छन् ।
Sayalb
समूह (ए) मा मगलेक माद्यामिक विद्यार्थी, पवित्र आवासीय माद्यामिक विद्यालय, भागरथी एकेडेमी, दिपायल एकेडेमी, पद्म पब्लिक माद्यामिक विद्यालय (ए) र सुनादेवी माद्यामिक विद्यालय रहेका छन् भने समूह (वि) मा पद्म पब्लिक विद्यालय (बि), मोर्निङ लाइट इङ्ग्लिस बोर्डिङ स्कुल, दिल्पेश्वर माद्यामिक विद्यालय, हरिहर माद्यामिक विद्यालय र जिनीयस एकेडेमी रहेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा पद्म पब्लिक बि र मोर्निङ लाइट बिच खेल भएको छ । यो खेलमा मोर्निङ लाइट विजयी भएको छ ।
आजै हरिहर माद्यामिक विद्यालय र दिल्पेश्वर माद्यामिक विद्यालय बिच दोस्रो खेल भएको छ । यो खेलमा दिल्पेश्वर माद्यामिक विद्यालय विजयी भएको छ । आज भएका खेलमा मोर्निङलाइटका आशिष जोशी र दिल्पेश्वरका विनोद भण्डारी म्यान अफ द म्याच घोषित भएका छन् ।
बाँकी खेल शनिवार (भोलि) बिहान ८ बजेबाट सुरु हुने छन् । भोली पवित्र आवासीय माद्यामिक विद्यालय र मगलेख माद्यामिक विद्यालयका बिच पहिलो खेल हुने छ । प्रतियोगिताको बिजेताले नगद रु ३० हजार पाउने छ ।
Shaileshwori
Loading...