जोखिममा रहेका डोटीका तिन गाउँ सार्न जिल्ला सभाको निर्णय (भिडियो सहित)


पहिरोको कारण जोखिममा रहेका डोटी जिल्लाका तिन गाउँका बस्ती सार्ने निर्णय चौथो जिल्ला सभाले पास गरेको छ ।
जिल्लाको बोगटान फुड्सिल गाउँपालिका वडा नं. ६ गगुडा (पलाडी माझरौँटा), दिपायल सिलगढी नगरपालिका वडा न ९ मछेन्तोला र वडा नं. ७ को कोईरालको जमिन भाँसिन गई बस्ती जोखिममा रहेकाले उक्त बस्ती स्तानान्तरण गर्नका लागी प्रदेश तथा संघिय सरकारका सम्बन्धीत निकायलाई अनुरोध गर्ने निर्णय जिल्ला सभाबाट पास गरिएको छ ।
बर्षायाममा आएको पानीका कारण पहिरो जाँदा सिंगै बस्ती जोखिममा रहेका गाउँ सार्नका लागी आबश्यक पहल गर्ने निर्णय गरिएको हो ।
