अछाममा जिप दुर्घटना हुँदा डोटीका एक बालकको मृत्यु, १४ जना घाइते

फागुन ९, अछाम
अछाममा जिप दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । लुग्राबाट साँफेबगर आउने क्रममा से १ झ ४२९ नम्बरको जिप बुधवार दुर्घटनामा परेको हो ।

Sayalb

जिप दुर्घटनामा परि डोटीको पुर्विचौकी गाउँपालिका-४ घर भई लुग्रा बस्दै आएका १८ महिने इशान खड्काको ज्यान गएको चौरपाटी गाउँपालिका अध्यक्ष भीमबहादुर साउदले जानकारी दिए । घाइतेमध्येमा अधिकांश विद्यालय आउने बालबालिका रहेको बताइएको छ । चौरपाटी गाउँपालिका–५ का पाँच वर्षीय दीपेन्द्र रावल र आठ वर्षीय स्माइल रावल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको बयलपाटा अस्पतालमा उपचार भइरहेको अध्यक्ष साउँदले बताए । जिप सडकबाट करिब एक सय ५० मिटर तल खसेको बताइएको छ । घटनाको विस्तृत विवरण आउन बाकी छ ।

Shaileshwori
Loading...