सायलमा नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर, ६ सय बढीले लिए सेवा 

फागुन १२, डोटी ।
डोटीको सायल गाउँपालिकामा नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन भएको छ । शनिवार एक दिन जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिपायलको आयोजनामा गाउँपालिकाको वडा नम्बर ५ दुदिलेगडामा शिविर सञ्चालन भएको हो ।
जिल्लाकै ग्रामीण मानिने सायलमा सञ्चालन भएको नि:शुल्क शिविरमा आयुर्वेद चिकित्सक डा. प्रविना श्रेष्ठले र डा. कृष्ण सिंह धामीले बिरामीको चेकजाँच गरेका छन् । शिविरबाट ६ सय ५३ जनाले सेवा लिएका छन् । सेवा लिनेमा ३ सय ९४ महिला र २ सय ५९ जना पुरुष रहेको जिल्ला आयुर्वेद दिपायलले जनाएको छ ।
ग्रामीण भेगका नागरिक थुप्रै स्वास्थ्य समस्याबाट ग्रसित भए पनि विभिन्न कारण उपचार नगरी बसेको हुनाले निःशुल्क शिविरको आयोजना गरिएको जिल्ला आयुर्वेद डोटीका कार्यालय प्रमुख विद्या घिमिरे देउवाले बताइन् ।पछिल्लो समय मानिसहरूमा दीर्घ रोग बढी देखिने गरेकोले त्यस्ता रोगहरूको उपचार आयुर्वेद पद्धति बाट सम्भव रहेको उनको भनाइ छ । आयुर्वेद उपचार पद्धति उपचार विधि प्रति जनविश्वास बढ्दै गएको पनि देउवाको भनाइ छ ।
Sayalb
पहिलो पटक सायलमा जिल्ला स्तरको नि:शुल्क आयुर्वेद शिविर सञ्चालन हुनु खुसीको कुरा रहेको गाउँपालिकाका अध्यक्ष धर्म राज जोशीले बताए । आयुर्वेद प्राचीन उपचार पद्धति भएको र यसका सिद्धान्त अवलम्बन गरेमा मानिस स्वस्थ रहने अध्यक्ष जोशीले बताए । अध्यक्ष जोशीले शिविरबाट सायलका धेरै नागरिक लाभान्वित भएको भन्दै आयोजकलाई धन्यवाद दिएका छन् ।
शिविरबाट स्वास्थ्य चेकजाँच गर्नुका साथै निःशुल्क औषधि पाएपछि स्थानीय खुसी भएका छन् । यो शिविर फरक लागेको ७७ वर्षीय स्थानीय भीम बहादुर बोगटीले बताए । `मलाई ७७ वर्ष भयो मैले यस्ता शिविर धेरै देखे तर यो शिविर फरक लाग्यो, बोगटीले भने, अरू शिविरमा खालि चिट काटेर अलिअलि चेक गरेजस्तो मात्रै गर्थे यसमा भने धेरै सल्लाह पाए, चित्त बुझ्यो ।´ विना शुल्क चेकजाँच गर्नुका साथै औषधी पाएकोमा खुसी लागेको स्थानीय प्रेम बोगटीले बताए ।
शिविरमा पेट, नशा तथा हाडजाेर्नी, पिसाब, छाला सम्बन्धी रोगहरू, मुख तथा घाँटी, श्वासप्रश्वास सम्बन्धी, दिर्घराेग तथा महिला सम्बन्धी विभिन्न रोगहरूको चेकजाँच गरिएको छ ।
Shaileshwori
Bolpatra
Loading...