डोटीमा दादुरा रुबेला खोप अभियान सुरु, पहिलो दिन ३ हजार बढीलाई खोप लगाइयो

फागुन १३, डोटी
डोटीमा पनि दादुरा रुबेला खोप अभियान सुरु भएको छ । यही फागुन २० गतेसम्म चल्ने दादुरा–रुबेला खोप अभियान आइतबारबाट जिल्लाका ३ सय ८० खोप केन्द्रमा एकैसाथ सुरु भएको छ । अभियान अन्तर्गत ९ महिना देखि ५ वर्षमुनिका बालबालिकालाई दादुरा–रुबेला खोप लगाइँदै छ । अभियानको पहिलो दिन आज ३ हजार ४ सय २० बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । यो लक्ष्यको १९ प्रतिशत हो । डोटीमा १८ हजार दुई सय ८७ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ ।
Sayalb
Shaileshwori
Loading...