इलाम र बझाङमा बैशाखमा निर्वाचन

नयाँ वर्ष २०८१ सुरु हुँदाहुँदै दलहरूबीच शक्ति परीक्षण तय भएको छ । इलाम र बझाङमा आगामी वैशाखमा उपनिर्वाचनको घोषणा भएको छ । निर्वाचन आयोगले आइतबार दुवैै सिटमा १५ वैशाखमा उपनिर्वाचन गर्ने गरी मिति तोकेको हो । ४ मंसिर ०७९ को निर्वाचनपछि आयोगले गराउन लागेको यो दोस्रो उपनिर्वाचन हो ।

इलाम २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको २६ भदौमा हृदयाघातबाट निधन भएपछि उक्त स्थान रिक्त छ । यसैगरी, बझाङ प्रदेश सभा ‘१’ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सुदूरपश्चिम सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्रीको हैसियतमा गृहजिल्ला जाँदै गर्दा ५ असारमा गाडी दुर्घटनामा परी निधन भएपछि यो सिट पनि रिक्त भएको छ । संविधानको धारा ८९९च० र धारा १८०९च० बमोजिम दुवै स्थान रिक्त भएको जानकारी संघ र प्रदेश सचिवालयबाट प्राप्त गरेपछि आयोगले सरकारको परामर्शमा मिति तोकेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । रिक्त भएको सांसद पदको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहँदै रिक्त भएमा उपनिर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

Sayalb

४ मंसिर ०७९ को चुनावमा इलाम २ मा एमालेका नेम्वाङ ३० हजार २० मतसहित निर्वाचित भएका थिए । कांग्रेसका डम्बरबहादुर खड्का २९ हजार ९०६, रास्वपाका प्रकाश सापकोटाले एक हजार ३८० मत प्राप्त गरेका थिए । मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बूले एक हजार ३६३, राष्ट्रिय जनमुक्ति पार्टीका खड्गप्रसाद पालुंवाले एक हजार २७२, जसपाका यामप्रसाद लिम्बू ७२४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोविन्दसिंह लिम्बूले ६८४, राप्रपाका गणेशप्रसाद दुलालले ५१० मत प्राप्त गरेका थिए ।

बझाङ प्रदेश ‘क’ मा कांग्रेसका पृथ्वीबहादुर सिंह १७ हजार ११२ मतसहित निर्वाचित भएका थिए । उनको सडक दुर्घटनामा निधन भएपछि उक्त सिट रिक्त भएको हो । यो सिटमा एमालेका अफिलाल ओखेडाले १३ हजार ३३६, राप्रपा नेपालका कर्णबहादुर खड्काले ४२६, राप्रपाका हरिलाल भट्टराईले ४०४ मत प्राप्त गरेका थिए । प्रदेश सभामा रास्वपाले भाग लिएको थिएन ।

Shaileshwori
Loading...