२६१औँ सेना दिवस विभिन्न कार्यक्रम गरी मनाइने

सुबास नेपाली 
फागुन १६, डोटी 
डोटी स्थित नेपाली सेनाको भैरव प्रसाद गणले २६१ औँ सेना दिवस तथा महाशिव रात्रि पर्व विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाउने भएको छ । दिवसको अवसरमा अन्तर विद्यालय महिला कबड्डी प्रतियोगिताका साथै सैनिक मञ्च टुँडिखेलमा हुने विभिन्न कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने, नेपाली सेनाको राहत उद्धार तथा विपद् व्यवस्थापन, प्रकृति संरक्षण लगायतका कार्यहरूको श्रव्य दृश्य सामाग्री प्रदर्शनी तथा डोटी जिल्लाका ऐतिहासिक महत्त्व बोकेका सांस्कृतिक झाकीहरु फुलौटको होली, हुड्के नाच, भुवा नाच, र पुतला नाच प्रदर्शनी गरिने भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी परीक्षित देउजाले जानकारी दिए ।
Sayalb
त्यस्तै कार्यक्रममा नेपाली सेनाका विगत देखि हाल सम्म प्रचलनमा रहेका पोसाक प्रदर्शनी, नेपाली सेनाका अधिकृत क्याडेट, सैन्य र फालवर्स भर्ना सम्बन्धी जानकारी, विपद् व्यवस्थापनका दौरान प्रयोग हुने सामाग्री प्रदर्शनी, सैनिक उपकरण प्रदर्शनी र नेपाली सेनाका दर्ज्यानी चिन्ह सम्बन्धी जानकारी पनि दिइने गणपति देउजाले जानकारी दिए ।
जस अनुसार कबड्डी प्रतियोगिता फागुन २३ गते देखि २५ गते सम्म सञ्चालन हुने छ भने अन्य उल्लेखित सम्पूर्ण क्रियाकलाप फागुन २५ गते स्थानीय टुँडिखेलमा हुने भैरव प्रसाद गणले जानकारी दिएको छ ।
Shaileshwori
Loading...