डोटीमा टिपरको ठक्करबाट एक जना घाइते

फागुन १६, डोटी
डोटीमा टिपरको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् । बुधवार बिहान करिब ११ बजेतिर शिखर नगरपालिका १० स्थित टिपरले मोटरसाइकललाई ठक्कर दिँदा आदर्श गाउँपालिका–४ का अन्दाजी ३०/३२ वर्षीय कृष्ण बहादुर विष्ट घाइते भएका छन् ।
Sayalb
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार डडेल्धुराबाट दिपायल तर्फ आउँदै गरेको से १ प ६४५ नम्बरको टिपरले विपरीत दिसा तर्फ गइरहेको सु.प.प्र ०१०११ प ७२६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । घाइते मोटरसाइकल चालक विष्टको टाउकोमा चोट लागेको छ । उनलाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । विष्टको अवस्था सामान्य छ ।
टिपर डडेल्धुराको आलिताल गाउँपालिका–५ का ४० वर्षीय राम बहादुर धामीले चलाएका थिए ।
Shaileshwori
Loading...