सेना, प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रण 

सुबास नेपाली 
फागुन १९, डोटी
Sayalb
दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ थाप्ला नजिक बुट्यानबाट सुरु भएको आगलागीबाट हुन सक्ने सम्भावित क्षतिबाट जोगिएको छ। शुक्रवार राती सल्किएको आगो बस्ती सम्म नपुग्दै नियन्त्रणमा लिएपछि क्षति हुनबाट जोगिएको हो ।
डोटी स्थित नेपाली सेनाको श्री भैरव प्रसाद गण, नेपाल प्रहरी, दिपायल सिलगढी नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । आगलागी भएको सूचना पाउने बित्तिकै आगलागी नियन्त्रणका लागि विभिन्न सामाग्री सहित सह सेनानी विपिन नगरकोटीको कमन्डमा खटिएको टोली र प्रहरी तथा स्थानीयको सहयोगमा करिब १ घण्टा ३० मिनेटमा आगो नियन्त्रणमा लिइएको थियो ।
Shaileshwori
Loading...