सेना दिवसमा सुदूरपश्चिम पृतनाले सैनिक प्रदर्शनी र युनुटी रनको आयोजना गर्दै

सुबास नेपाली 
फागुन २४, डोटी 

महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६१ औँ वार्षिक उत्सवको अवसरमा” विविध सैनिक प्रदर्शनी” तथा “युनिट रन २०८०”को आयोजना गरिएको छ । सुदूरपश्चिम पृतना हेड क्वाटर तेघरीको आयोजनामा “विविध सैनिक प्रदर्शनी” तथा “युनिट रन २०८० “को आयोजना गरिएको सुदूर पश्चिम पृतना हेड क्वाटरले जनाएको छ। यही फागुन २६ गते देखि २८ गते सम्म सञ्चालन हुने कार्यक्रमहरूको सम्पूर्ण तयारी पूरा भएको पनि आयोजकले जनाएको छ ।

Sayalb

पृतनाले तय गरेको कार्यक्रम अनुसार फागुन २६ देखि २८ गते सम्म धनगढी स्थित कवर्ड हलको खेल मैदानमा सैनिक विविध प्रदर्शनीमा नेपाली सेनाको युद्धक, युद्ध पद्धति तथा युद्ध सेवा पद्दती युनिटहरूको भूमिका तथा विभिन्न हातहतियार, ईक्युप्मेन्ट, पोसाक, सामाग्री, युद्धकला झल्कने झलक सम्बन्धी वास्तविक प्रदर्शनीको साथै नेपाली सेनाद्वारा गरिएका विविध गतिविधिहरू:- प्रकृति संरक्षण, विकास निर्माण, जनहितका कार्य, विश्व शान्ति स्थापना, खेलकुद आदीलाई फोटो तथा भिडियो मार्फत जानकारी गराइने छ ।

त्यसै गरी  फाल्गुण २८ गतेको  बिहान ७ बजे सुरु हुने “युनिट रन २०८०” का विभिन्न विधाहरूमा उमेर समूहले भाग लिने छन् जस अनुसार ५ कि.मि. दौडमा मा.वि. तथा उच्च मा.वि.का छात्र/छात्राहरूलाई छुट्टा-छुट्टै  दौडाने छ जसको पुरस्कार राशि प्रथम रु.१० हजार, तद्धित रु.७ हजार र तृतीय रु.५ हजार रहेको छ ।

१८ वर्ष माथिका पुरुष तथा महिलाहरूलाई खुल्ला १० कि.मि. दौडमा छुट्टा-छुट्टै दौडाइने छ जसको पुरस्कार राशि प्रथम रु.१५हजार, तद्धित रु १० हजार र तृतीय रु.७ हजार प्रदान गरिनुका साथ साथै प्रथम हुने महिला र पुरुषलाई माउन्टेन बाइकको समेत पुरस्कारको व्यवस्था गरिएको  आयोजकले जनाएको छ ।

Shaileshwori
Loading...