

सुबास नेपाली
फागुन २५, डोटी
डोटी स्थित नेपाली सेनाको भैरव प्रसाद गणले २६१ औँ सेना दिवस तथा महाशिवरात्रि पर्व विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । गणले दिवसको अवसरमा कबड्डी प्रतियोगिता लगायत नेपाली सेनाको राहत उद्धार तथा विपद् व्यवस्थापन, प्रकृति संरक्षण लगायतका कार्यहरूको श्रव्य दृश्य सामाग्री प्रदर्शनी तथा डोटी जिल्लाका ऐतिहासिक महत्त्व बोकेका सांस्कृतिक झाकीहरु फुलौटको होली, हुड्के नाच, खेलकुद र विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाएको हो ।
सिलगढी स्थित टुँडिखेलमा सञ्चालन भएको कार्यक्रममा नेपाली सेनाका विगत देखि हाल सम्म प्रचलनमा रहेका पोसाक प्रदर्शनी, नेपाली सेनाका अधिकृत क्याडेट, सैन्य र फालवर्स भर्ना सम्बन्धी जानकारी, विपद् व्यवस्थापनका दौरान प्रयोग हुने सामाग्री प्रदर्शनी, सैनिक उपकरण प्रदर्शनी र नेपाली सेनाका दर्ज्यानी चिन्ह सम्बन्धी जानकारी पनि दिइएको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी परीक्षित देउजाले जानकारी दिए ।
