उच्च अदालत दिपायलका रजिष्ट्रार कटवाल रकम हिनामिनामा दोषी ठहर

फागुन २७, काठमाडौँ । उच्च अदालत दिपायलका रजिष्ट्रार रणबहादुर कटवाल करिब ५ लाख रकम हिनामिना गरेको मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका न्यायधीशद्वय खुसीप्रसाद थारु र रामबहादुर थापाको संयुक्त इजलासले उनीविरुद्धको भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै उनलाई ९ महिना कैद सजाय सुनाएको छ ।

Sayalb

कटवाललाई ४ लाख ९८ हजार ९९५ रुपैयाँ जरिमाना भएको विशेष अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार कटवालले हिनामिना गरेको, हानि नोक्सानी वा दुरुपयोग गरेको तथा मासेको सरकारी सम्पत्ति पनि असुलउपर हुने फैसला भएको छ ।

रजिष्ट्रार कटवालले आर्थिक वर्ष ०७८/७९ मा विनियोजित बजेट अनियमितता गरेको र स्थायी शिक्षिकाको रुपमा अन्यत्रै कार्यरत आफ्नी श्रीमतीलाई उच्च अदालत दिपायलको कम्प्युटर अपरेटरमा नियुक्त गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो ।

उजुरीमाथि अनुसन्धानका क्रममा उनले आफ्नो पदीय दुरुपयोग गरी फर्जी कागजात बनाएर आफैँले सदर गरी आफैँले भुक्तानी लिने गर्दा ४ लाख ९८ हजार ९९५ रुपैयाँ सरकारी रकम हानि नोक्सानी गरेको भन्दै अख्तियारले गत वर्ष भदौमा उनीविरुद्ध मुद्दा हालेको थियो ।

कटवालकी श्रीमतीलाई नक्कली कागजात तयार गरी कम्प्युटर अपरेटर पदमा लगाएको आरोपमा भने अदालतले दावी नपुग्ने बताएको छ । थाहाखबरबाट

Shaileshwori
Loading...