
फागुन २७, अछाम
अछामको मङ्गलसेन नगरपालिकामा आफ्नै छोरी बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । आफ्नी १२ वर्षीया छोरी बलात्कार गरेको आरोपमा अन्दाजी ३५ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । घरमा कोही नभएको वेला उनले छोरीलाई बलात्कार गरेको बताइएको छ ।

बालिकाको स्वाब सङ्कलन गरेर विधिविज्ञान प्रयोगशाला पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक राजेन्द्र साउदले बताए । साउदका अनुसार स्वास्थ्य जाँचपछि बालिकालाई सुरक्षित आवास गृहमा र पक्राउ परेका बाबुलाई जिल्ला अदालत अछामबाट सात दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ ।
