फाइनलमा नेपालको लज्जास्पद हार, पिएनजीले जित्यो टी–२० सिरिजको उपाधि

काठमाडौँ । नेपाल, पपुवा न्यू गिनी (पिएनजी) र हङकङ सम्मिलित टी–२० सिरिज क्रिकेटको फाइनलमा नेपालको लज्जास्पद हार भएको छ । हङकङमा सम्पन्न भएको सिरिजको फाइनलमा पिएनजीसँग  नेपाल ८६ रनले पराजित भएको हो । पिएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ ओभर ३ बलमा ८५ रनमा अलआउट भयो ।

bhukampa

नेपालका लागि सन्दीप जोराले १७, आरिफ शेखले १५ र कप्तान रोहित पौडेलले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । पिएनजीका सेसे बाउ, काबुआ मोरिया, सेमो काम र चाड सोपरले २–२ विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको थियो ।

पिएनजीका लागि ओपनर टोनी उराले ६१, अले नाओले ३०, हिला वारेले १८, किप्लिन डोरिगाले १४, चाड सोपरले १३ र हिरि हिरिले १५ रनको योगदान दिएका थिए । बलिङमा नेपालका कुशल भुर्तेल र आकाश चन्दले ३–३, गुल्सन झा र करण केसीले एकएक विकेट लिएका थिए ।

Shaileshwori
Loading...