फागुन ३०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव निणयार्थ प्रस्तुत गर्दा १५७ जनाले पक्षमा मत दिएका छन् । जम्मा २६८ जना उपश्थित भएकोमा ११० जनाले विपक्षमा मत दिए भने १ जना तटस्थ रहे ।
प्रधानमन्त्रीले पाएको मत बहुमत रहेको भन्दै सभामुख देवराज घिमिरेले विश्वासको मत प्राप्त भएको घोषणा गरे । २१ फागुनमा कांग्रेसँगको सहकार्य तोडेर एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको गठबन्धन बनाएका प्रचण्डलाई एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले पनि मत दिएका छन् ।