राष्ट्रिय योजना आयोगका ४ सदस्यले दिए राजीनामा

चैत २, काठमाडौँ । राष्ट्रिय योजना आयोगका ४ सदस्यले राजीनामा दिएका छन् । डा. प्रभु बुढाथोकी, डा. आरपी बिच्छा, डा. अनिता शाह ढुङ्गाना र डा. जयकान्त राउतले राजीनामा दिएको आयोगले जनाएको छ । अघिल्लो गठबन्धनमा नेपाली काँग्रेस तथा जनमत पार्टीको सिफारिसमा सदस्य बनेका उनीहरूले गठबन्धन परिवर्तन भएसँगै राजीनामा दिएका हुन् ।
Sayalb
अब नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरू समेटिने सम्भावना छ । आयोगको उपाध्यक्षमा माओवादी केन्द्र निकट डा. मीनबहादुर श्रेष्ठ छन् ।
Shaileshwori
Loading...