डोटीमा एक जना मृत फेला

Sayalb

४ चैत, डोटी
डोटीमा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको आदर्श गाउँपालिका–५ का ३८ वर्षीय लक्ष्मण भट्टराई मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार हिजो (शनिवार) सोही ठाउँको नौलाखोला भन्ने स्थानमा भट्टराई भिरबाट लडेर मृत्यु भएको अवस्थामा फेला परेका हुन् । शुक्रवार साँझ घरबाट निस्केका उनी घर नफर्किएपछि खोजतलास गर्दै जाँदा सडकबाट करिब पाँच सय मिटर तल खसेको अवस्थामा भेटिएको वडा अध्यक्ष उत्तम बहादुर सिंहले बताए ।

Shaileshwori
Loading...